नव निर्वाचित अध्यक्ष तथा महासचिवलाई बधाई एवं शुभकामना
image

काठमाडौं । नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको एशोशियट शाखा चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष तथा महासचिवलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ ।

मञ्चको केन्द्रीय कार्यालय, काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा मञ्च अध्यक्ष युवराज विद्रोही, महासचिव विमल थापाले नवनिर्वाचित अध्यक्ष समिर बलामी तथा महासचिव रघुनाथ सापकोटालाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ एशोशियट प्रदेशका महासचिव रोयल आचार्य, पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारी, पत्रकार मञ्चका सदस्यहरु सरस्वती गौतम तथा पासाङ शेर्पाको उपस्थिति रहेको थियो ।